काठमाडौं- सत्तारुढ गठबन्धनका प्रमुख ६ पार्टीको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरुको सहभागिता छ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले रास्वपासहितको पार्टीलाई सरकारमा ल्याउने गृहकार्य अघि बढाएपछि सत्तारुढ दलहरुसँग बैठक गरेका हुन्।
उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। यो बैठकमा पनि रास्वपालाई सरकारमा सामेल गराउनेबारे छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।