फाइल तस्बिर
काठमाडौं– मिटरब्याजीबाट पीडितहरुका समस्याहरु सम्बोधन गर्न सरकारले मंगलबार ल्याएको अध्यादेश आज राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्। मुलकी संहितासम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका छन्।
सरकारले केही दिनअघि मिटिब्याजी पीडितहरुसँग छलफल गर्ने क्रममा कानुनी समस्याहरु देखिएको भन्दै त्यस सम्बन्धी कानुनी बाधाहरु हटाउने प्रतिबद्धता व्यक्त गरेको थियो। यो अध्यादेश आएपछि मिटिरब्याजका नाममा अनावश्यक ब्याज असुल्नेहरुलाई कानुनी दायरामा ल्याउने बाटो खुल्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।