काठमाडौं– सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले ७ दिन भित्र अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ।
गत आइतबार लिसंखु पाखर गाउँपालिको गाउँ शिक्षा समितिको बैठकले गरेको निर्णयानुसार गाउँपालिकाले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सूचित गरेको हो।
सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरिय बनाउन र गुणस्तरिय शिक्षा सुनिश्चितका लागि जनप्रतिनिधि, वहालवाला शिक्षक, कर्मचारी, विव्यवस, शिक्षक अभिभावकहरुले बालबालिका भर्ना गराएको जानकारी शिक्षा शाखामा उपलब्ध गराउनका लागि जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर विष्टले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।