• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक निकायमा ‘गैरसंवैधानिक नियुक्ति’को मुद्दा: सुनुवाइका लागि कार्की डराए कि संयोग मात्रै? 

64x64
नेपाल लाइभ बुधबार, वैशाख २०, २०८०  १३:११
1140x725
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की (फाइल तस्बिर)

काठमाडौं– अधिवक्ता ओमप्रकाश अर्याल बुधबार बहसका लागि तयारी गरेर सर्वोच्च पुगेका थिए। २०७७ सालदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका संवैधानिक निकायमा ५२ जनाको ‘गैरसंवैधानिक’ नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ हुने अपेक्षाका साथ अर्याल सर्वोच्च पुगेका थिए। 

३ वर्षदेखि एकपछि अर्को इजलासमा पेसी पर्ने, तर सुनुवाइ नगरी पन्छाउने गरिएको उक्त मुद्दा साप्ताहिक सूचीमा पनि माथि नै परेका कारण बुधबारको संवैधानिक इजलासमा पक्कै पालो आउला भन्ने अर्यालको बुझाइ थियो। तर, संवैधानिक इजलासको नेतृत्व गर्ने कामु प्रधान्यायाधीश हरिकृष्ण कार्की जिल्ला भ्रमणमा रहेका कारण इजलास बस्न सकेन। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु अगाडि विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि ५२ जनाको नाम सिफारिस गरेका थिए। संसद् विघटनपछि संसदीय सुनुवाइ नहुँदा उनीहरुलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सोझै (संसदीय सुनुवाइ विनै) नियुक्त गरेकी थिइन्। 

नियुक्त भएकाहरुले आधा कार्यकाल पूरा गरिसक्दा पनि उनीहरुको नियुक्ति गैरसंवैधानिक रहेको भनेर दायर भएको रिटबारे निर्णय हुन सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायत संवैधानिक निकायमा भएका नियुक्तिसँग सम्बन्धित १५ थान निवेदन सर्वोच्चमा छन्। तत्कालीन सभामुख अग्नि सापकोटादेखि कानुन व्यवसायीसम्मले दर्ता गराएका यी निवेदनलाई एकै ठाउँमा राखेर अन्तिम सुनुवाइ गर्ने भनिएको थियो। 

‘विगतमा पनि यसैगरी कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याउने हुँदै आएको थियो। यस पटक त कामु प्रधानन्यायाधीश नै जिल्ला भ्रमणमा निस्किनु भएछ,’ अधिवक्ता अर्यालले भने, ‘यो मुद्दाको फैसला नगर्ने नियत हो कि संयोग हो, अन्योलमा परेको छु।’ 

२०७७ सालमै टुङ्गो लाग्नुपर्ने मुद्दा नियुक्ति पाएका व्यक्तिहरुले ३ वर्षको कार्यकाल पुरा गरिसक्दा पनि सुनुवाइ नभएकाले यसको औचित्य सकिएपछि सुनुवाइ हुने हो कि भन्ने कानुन व्यवसायीहरुको चिन्ता छ। त्यसो त यो मुद्दालाई लिएर राजनीतिक चलखेल र ‘लेनदेन’ चलेको विषयमा पनि कानुन व्यवसायीहरुको आशंका छ। 

प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विषयमा एमालेले ‘असहयोग’ गरिरहेका कारण उसलाई ‘मनाउन’ पनि संवैधानिक निकायमा भएका नियुक्तिसम्बन्धी विवादको मुद्दाको सुनुवाइलाई सार्न खोजिएको कानुन व्यवसायीको आशंका छ। 

संवैधानिक निकायमा भएका नियुक्तिहरुमा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रत्यक्ष’ स्वार्थ जोडिएको कानुन व्यवसायीहरु बताउँछन्। ओलीले ‘आफ्ना मान्छे’ नियुक्त गर्न संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएको प्रसँग पनि कानुन व्यवसायीहरुले जोड्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नियतमै गम्भीर आशंका देखिएको नियुक्ति कानुनी र संवैधानिक हिसाबले बदर हुने देखिएपछि एमालेले सुनुवाइ पन्छाउन ‘बार्गेनिङ’ गरेको हुनसक्ने कानुन व्यवसायीहरु बताउँछन्। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक निकायमा भएका नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सर्नुमा प्रधानन्यायाधीश नियुक्तिमा भइरहेको ढिलाइलाई पनि जोडेर हेर्नुपर्ने बताउँछन्। 

‘यो मुद्दाको सुनुवाइ स्थगित हुनुमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिससँग त यो जोडिएको छैन? भनेर हेर्नुपर्छ। मुद्दा यसरी स्थगित भइराख्दा नियत हो कि भन्ने आशंका उब्जिएको छ,’ त्रिपाठी भन्छन्। 

हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की भावी न्यायाधीशको रोलक्रममा अगाडि छन्। सोझो अर्थमा उनी नै भावी प्रधानन्यायाधीशका लागि सिफारिस हुनुपर्ने हो। तर संवैधानिक परिषद्‌मा बहुमत सदस्य रहेको एमालेले भने कार्कीको नियुक्ति टार्न अनेक अडान तेर्स्याउँदै आएको छ। जसकारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद्‌को बैठक नै बस्न सकेको छैन। 

Xtrem

Xtrem

एमालेको ‘कोटा’बाट नै प्रधानन्यायाधीश बन्ने रोलक्रममा परेर सर्वोच्चको न्यायाधीश भएका कार्की प्रधानन्यायाधीश बनेर बिदा हुने मनस्थितिमा छन्। यस्तो अवस्थामा संवैधानिक निकायमा भएका नियुक्तिविरुद्धको मुद्दा अगाडि बढाउँदा आफ्ना लागि एमाले झन् नकारात्मक हुने बुझाइ कार्कीमा रहेको हुनसक्ने कानुन व्यवसायी बताउँछन्। 

‘यो मुद्दा अगाडि बढाउँदा ओली झन् बिच्किने हुन कि भन्ने डरले कामु प्रधानन्यायाधीश पछि हट्नुभएको हो कि भनेर सार्वजनिक प्रश्न उठेको छ,’ वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्। 

यो मुद्दा सरेको पहिलोपटक भने होइन। यसअघि चैत ८ गतेको पेसी पनि न्यायाधीश नभएका कारण सरेको थियो। तत्कालीन समयमा संवैधानिक इजलासका दुई सदस्यहरु विश्वम्भरप्रसाद श्रेष्ठ र अनिल सिन्हा वैदेशिक भ्रमणमा रहेको कारण देखाउँदै पेसी सारिएको निवेदकहरुको भनाइ छ। अहिले कामु प्रधानन्यायाधीश कार्की रामेछाप भ्रमणमा  र अर्का न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि जिल्ला भ्रमणमा छन्। कामु प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीश दुवै अनुपस्थित भएका कारण हरेक वुधबार बस्ने भनिएको संवैधानिक इजलासमा बस्न सकेन र तोकिएको पेसी स्थगित गरियो। 

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा विभिन्न व्यक्तिको नियुक्ति सिफारिस गरेका थिए। यसरी भएको सिफारिस पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो। त्यस्तै वैशाखमा पनि संवैधानिक परिषद्‌का अध्यक्ष र दुई सदस्य बसेर संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। 

यसरी सिफारिस भएका व्यक्तिहरुले संसदीय सुनुवाइ नै नभइ नियुक्ति पाएका थिए। संविधानले अनिवार्य गरेको संसदीय सुनुवाइ नभएको र संवैधानिक परिषद्‌सम्बन्धी ऐन संशोधन गर्नेगरि अध्यादेश जारी गर्ने कार्य संविधान विपरीत भएको भन्दै रिट दायर भएका थिए।  

संविधानले संवैधानिक निकायमा नियुक्ति हुने पदाधिकारीको अनिवार्य संवैधानिक सुनुवाइ हुनुपर्ने परिकल्पना गरेको अवस्थामा यो नियुक्ति असंवैधानिक भएकोले खारेज हुुनपर्ने माग गर्दै तत्कालीन सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च पुगेका थिए। इतिहासमा पहिलोपटक सभामुख आफैं मुद्दा बोकेर २०७७ माघ २३ गते सर्वोच्च पुगेका थिए। 

उनको कार्यकाल सकिएर नयाँ सभामुखको रुपमा देवराज घिमिरे नियुक्त भएका छन्, तर सर्वोच्चमा विचाराधिन मुद्दा बाँकी नै छ। 

त्यस्तै संवैधानिक परिषदमा सभामुख, प्रतिपक्ष दलको नेता अनिवार्य रुपमा उपस्थित हुनुपर्ने परिकल्पना गरेको अवस्थामा उनीहरुलाई बाहिर राख्न अध्यादेश जारी गरेर नियुक्ति गरिएकाले उक्त नियुक्ति गैरकानुनी भएको जिकीर रिटमा गरिएको छ।

यसअघि उक्त मुद्दामा बहस हुनै लाग्दा महाअभियोग लागेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण अवरुद्ध भएको थियो। राणाले पनि ओलीलाई ‘साथ दिएर’ नियुक्तिमा हिस्सा लिएको आरोप लागेको थियो। 

राणाले सुरुमा संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइको समयमा आफू विदामा बस्ने मौखिक निर्णय सुनाएका थिए। तर पछि २ ‘डमी रिट निवेदक’हरुले निवेदन दिएपछि न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासको सुनुवाइ नै रोकेको थियो। ओलीले आफू, राष्ट्रिय सभा अध्यक्ष र तत्कालीन प्रधानन्यायाधीश राणामात्र सहभागी भएर निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याएका थिए। 

सोही अध्यादेशअनुसार सिफारिस पनि भएको थियो। संवैधानिक परिषद्‌को बैठकमा प्रमुख प्रतिपक्ष र सभामुख अनुपस्थित रहेका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्