काठमाडौं- ललितपुर इमाडोलको ‘हिट एण्ड रन’ घटनाका अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ घर भएका ३५ वर्षीय झलकबहादुर मगरलाई पक्राउ गरेको हो।
२०६९ मंसिर २८ गते इमाडोलको कृष्ण मन्दिर अगाडिको सडकमा बा१ख ७५७९ नम्बरको महेन्द्र निशान मिनी ट्रकले एक पैदल यात्रीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका ती व्यक्तिको उपचारको क्रममा २०६९ मंसिर ३० गते बिएण्डबि अस्पताल ग्वार्कोमा मृत्यु भएको थियो।
उक्त घटनाका संलग्न रहेको आरोप लागेका मिनी ट्रकका चालक मगर भने फरार थिए। पक्राउ परेका मगरमाथि सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।