• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमेरिकी महिला भनेर फेसबुकमा गफिँदा हर्कमानको आधा करोड स्वाहा!

64x64
नेपाल लाइभ बुधबार, वैशाख २०, २०८०  ११:४६
1140x725

काठमाडौं- अमेरिकी महिला भनेर फेसबुकमा गफिँदा एक व्यक्तिको आधा करोडभन्दा बढी रकम ठगी भएको छ । ठगिने व्यक्ति हुन् कृषि व्यवसायी हर्कमान लामा। 

अमेरिकी महिला भनेर विश्वास गर्दै उनले भनेअनुसार गर्दा हर्कमानको ५४ लाख १० हजार रुपैयाँ ठगी भएको छ। कृषि व्यवसाय तथा सहकारीसमेत सञ्चालन गरेका हर्कमानको एउटा टोली कृषि तालिम तथा भिजिटको लागि भन्दै २०७४ पुसमा मलेसिया, सिंगापुर र थाइल्याण्डको भ्रमणमा निस्केको थियो। 

मलेसियामा हर्कमानको रुई मेग्वेल अलिबिरा नाम गरेकी एक अमेरिकन महिलासँग भेट भएको थियो । १० दिनको भ्रमण सकेर हर्कमानको टोली नेपाल फर्कियो। कुरा यत्तिकैमा सकिएको थियो। 

यसको ४ वर्षपछि २०७८ फागुनमा रुई मेग्वेल अलिबिराको नामबाट हर्कमानलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आयो। मलेसियामा भेट भएको अमेरिकन महिला अलबिरा सम्झेर हर्कमानले रिक्वेस्ट एसेप्ट गरे। 

साथी बनेपछि म्यासेन्जरमा पनि अलबिराले पनि मेलसियाको भेटबारे बताएपछि हर्कमानले ती महिलालाई विश्वास गरे। उनीहरुबीच थप कुराकानी हुँदै गयो। अलबिराले आफू नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताइन्। त्यसका लागि नेपालमा डलर पठाउने र कतिसम्म पठाउन मिल्छ भनेर हर्कमानसँग सोधपुछ भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अलबिराले आफ्नो डेम्लोम्याटिक एजेन्ट ह्यारी जोर्गेमार्फत ८ लाख ६० हजार डलर नेपाल पठाउने र उक्त रकम नेपाल आइपुगेकी हर्कमानलाई रिसिभ गर्न भनियो। त्यसका लागि ह्यारीले ह्वाट् एपमा फोन गर्ने भन्दै ह्यारीको ह्वाट् एप नम्बर समेत अलबिराले हर्कमानलाई पठाए।

त्यसको २ दिनपछि हर्कमानलाई ह्यारीले ह्वाट्स एपमा फोन गर्दै अलबिराले पठाएको ८ लाख ६० हजार डलर रकम काठमाडौं विमानस्थलमा आइपुगेको हर्कमानको ठेगानामा ट्रान्सफर गर्नका लागि १ लाख ५० हजार चाहिने भएकाले मिलन लामाको बैंक खातामा पठाउन भनेका थिए। 

सोहीअनुसार हर्कमानले मिलन लामाको बैंक खातामा डेढ लाख रुपैयाँ जम्मा गरे। पछि फेरि भन्सार शुल्कदेखि अन्य बहाना बनाउँदै विभिन्न व्यक्तिको बैंक खाता दिँदै ह्यारी नाम गरेका व्यक्तिले हर्कमानलाई रकम हाल्न लगाए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रकम नहाले डलर कारोबारको आरोपमा जेलसमेत जान सकिने बताएपछि हर्कमान डराउँदै ह्यारीले भनेअनुसार रकम हाल्न थाले। ह्यारीले भनेअनुसार मिलन लामाको बैंक खातामा डेढ लाख, टेकराज घलानको बैंक खातामा २ लाख, शान्ता बन्जाडेको खातामा ९ लाख, शंकर राउतको खातामा २ लाख, भोलाप्रसाद बन्जाडेको खातामा ६ लाख १० हजार, रिनाकुमारी पाण्डेको नाममा ६ लाख १० हजार, अम्बिका कार्कीको नाममा २ लाख, रमेश प्रसादको नाममा ३ लाख, मुकेश साहको नाममा ५ लाख २० हजार, विवेक कुमार शर्माको नाममा १५ लाख २० हजार र सुनिता कुमारी खड्काको नाममा २ लाख गरी हर्कमानले ५४ लाख १० हजार रुपैयाँ पठाए। 

त्यसपछि अलबिरा र ह्यारी नाम गरेका व्यक्ति सम्पर्कबिहिन भएपछि हर्कमान झस्किए। आधा करोड भन्दा बढी रकम पठाएपछि डलर ८ लाख ६० हजार डलर आउनुको साटो मान्छे नै सम्पर्कविहीन भएपछि आफू पीडित भएको भन्दै हर्कमानले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। 

हर्कमानले पैसा पठाएका व्यक्तिहरुलाई फरार प्रतिवादी बनाउँदै परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। बुधबार मात्रै ५४ लाख १० हजार ठगीको कसुरमा ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। 

मलेसियामा चिनजान भएको अलबिरा बनेर आफ्नै नजिकको साथीले फेक फेसबुक अकाउन्ट खोलेर हर्कमानलाई ठगी गरेको हुन सक्ने बताइएको छ। यद्यपि, अहिलेसम्म कोही पनि पक्राउ नपरेकाले ती अलबिरा, ह्यारी को हुन् भन्ने खुलेको छैन।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्