• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमेरिकी महिला भनेर फेसबुकमा गफिँदा हर्कमानको आधा करोड स्वाहा!

64x64
नेपाल लाइभ बुधबार, वैशाख २०, २०८०  ११:४६
1140x725

काठमाडौं- अमेरिकी महिला भनेर फेसबुकमा गफिँदा एक व्यक्तिको आधा करोडभन्दा बढी रकम ठगी भएको छ । ठगिने व्यक्ति हुन् कृषि व्यवसायी हर्कमान लामा। 

अमेरिकी महिला भनेर विश्वास गर्दै उनले भनेअनुसार गर्दा हर्कमानको ५४ लाख १० हजार रुपैयाँ ठगी भएको छ। कृषि व्यवसाय तथा सहकारीसमेत सञ्चालन गरेका हर्कमानको एउटा टोली कृषि तालिम तथा भिजिटको लागि भन्दै २०७४ पुसमा मलेसिया, सिंगापुर र थाइल्याण्डको भ्रमणमा निस्केको थियो। 

मलेसियामा हर्कमानको रुई मेग्वेल अलिबिरा नाम गरेकी एक अमेरिकन महिलासँग भेट भएको थियो । १० दिनको भ्रमण सकेर हर्कमानको टोली नेपाल फर्कियो। कुरा यत्तिकैमा सकिएको थियो। 

यसको ४ वर्षपछि २०७८ फागुनमा रुई मेग्वेल अलिबिराको नामबाट हर्कमानलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आयो। मलेसियामा भेट भएको अमेरिकन महिला अलबिरा सम्झेर हर्कमानले रिक्वेस्ट एसेप्ट गरे। 

साथी बनेपछि म्यासेन्जरमा पनि अलबिराले पनि मेलसियाको भेटबारे बताएपछि हर्कमानले ती महिलालाई विश्वास गरे। उनीहरुबीच थप कुराकानी हुँदै गयो। अलबिराले आफू नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताइन्। त्यसका लागि नेपालमा डलर पठाउने र कतिसम्म पठाउन मिल्छ भनेर हर्कमानसँग सोधपुछ भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अलबिराले आफ्नो डेम्लोम्याटिक एजेन्ट ह्यारी जोर्गेमार्फत ८ लाख ६० हजार डलर नेपाल पठाउने र उक्त रकम नेपाल आइपुगेकी हर्कमानलाई रिसिभ गर्न भनियो। त्यसका लागि ह्यारीले ह्वाट् एपमा फोन गर्ने भन्दै ह्यारीको ह्वाट् एप नम्बर समेत अलबिराले हर्कमानलाई पठाए।

त्यसको २ दिनपछि हर्कमानलाई ह्यारीले ह्वाट्स एपमा फोन गर्दै अलबिराले पठाएको ८ लाख ६० हजार डलर रकम काठमाडौं विमानस्थलमा आइपुगेको हर्कमानको ठेगानामा ट्रान्सफर गर्नका लागि १ लाख ५० हजार चाहिने भएकाले मिलन लामाको बैंक खातामा पठाउन भनेका थिए। 

सोहीअनुसार हर्कमानले मिलन लामाको बैंक खातामा डेढ लाख रुपैयाँ जम्मा गरे। पछि फेरि भन्सार शुल्कदेखि अन्य बहाना बनाउँदै विभिन्न व्यक्तिको बैंक खाता दिँदै ह्यारी नाम गरेका व्यक्तिले हर्कमानलाई रकम हाल्न लगाए। 

Xtrem
Xtrem

रकम नहाले डलर कारोबारको आरोपमा जेलसमेत जान सकिने बताएपछि हर्कमान डराउँदै ह्यारीले भनेअनुसार रकम हाल्न थाले। ह्यारीले भनेअनुसार मिलन लामाको बैंक खातामा डेढ लाख, टेकराज घलानको बैंक खातामा २ लाख, शान्ता बन्जाडेको खातामा ९ लाख, शंकर राउतको खातामा २ लाख, भोलाप्रसाद बन्जाडेको खातामा ६ लाख १० हजार, रिनाकुमारी पाण्डेको नाममा ६ लाख १० हजार, अम्बिका कार्कीको नाममा २ लाख, रमेश प्रसादको नाममा ३ लाख, मुकेश साहको नाममा ५ लाख २० हजार, विवेक कुमार शर्माको नाममा १५ लाख २० हजार र सुनिता कुमारी खड्काको नाममा २ लाख गरी हर्कमानले ५४ लाख १० हजार रुपैयाँ पठाए। 

त्यसपछि अलबिरा र ह्यारी नाम गरेका व्यक्ति सम्पर्कबिहिन भएपछि हर्कमान झस्किए। आधा करोड भन्दा बढी रकम पठाएपछि डलर ८ लाख ६० हजार डलर आउनुको साटो मान्छे नै सम्पर्कविहीन भएपछि आफू पीडित भएको भन्दै हर्कमानले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। 

हर्कमानले पैसा पठाएका व्यक्तिहरुलाई फरार प्रतिवादी बनाउँदै परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ। बुधबार मात्रै ५४ लाख १० हजार ठगीको कसुरमा ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। 

मलेसियामा चिनजान भएको अलबिरा बनेर आफ्नै नजिकको साथीले फेक फेसबुक अकाउन्ट खोलेर हर्कमानलाई ठगी गरेको हुन सक्ने बताइएको छ। यद्यपि, अहिलेसम्म कोही पनि पक्राउ नपरेकाले ती अलबिरा, ह्यारी को हुन् भन्ने खुलेको छैन।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ११:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्