काठमाडौं- सत्तारुढ दलहरुको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ। उपनिर्वाचन सकिएपछि प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहँदा सत्तारुढ दलको बैठक बोलाइएको छ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउनका लागि सतारुढ दलहरुसँग छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीले गत आइतबार रास्वपासँग यसबारेमा छलफल गरेका थिए भने रास्वपा अध्यक्ष रवि लामिछानेले हिजो मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए।
रास्वपालाई सरकारमा ल्याउने भएपछि मन्त्रालय बाँडफाँटमा पुन: सत्तारुढ दलहरुको बीचमा नयाँ भागबन्डा गर्नुपर्ने हुन्छ। रास्वपाले सरकारमा सहभागिताको बारेमा शुक्रबार निर्णय लिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।