• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
बुढानीलकण्ठ हिट एण्ड रन प्रकरण

आरोपित पृथ्वी मल्ल विदेश पुगे, उच्चले उल्ट्यायो जिल्लाको फैसला

64x64
नेपाल लाइभ बुधबार, वैशाख २०, २०८०  १०:५५
1140x725

काठमाडौं- उच्च अदालत पाटनले बुढानीलकण्ठ ‘हिट एण्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्ने सजाय सुनाएको छ। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ल कसुरदार ठहर हुने फैसला सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतले बुढानीलकण्ठको हिट एण्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादक पदार्थ सेवन गरी सवारी चलाएर लापरबाहीपूर्ण रुपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै  ६ महिना कैद  हुने फैसला सुनाएको थियो । 

२०७८ चैतमा जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका क्रममा थुनामा बसेको अवधि बराबर हुने गरी सजाय सुनाएको थियो। सरकारी वकिलले मल्लको मुद्दामा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै उच्च अदालतमा पुनरावेदन गरेका थिए। 

उच्च अदालत जिल्लाको फैसलामा सहमत त भएको छ, तर कैद भने थप हुने भएकाले सजाय पछि निर्धारण गर्ने फैसला गरेको छ । मुलुकी फौजदारी संहिताअनुसार ३ वर्षभन्दा धेरै सजाय हुने मुद्दामा दोषी ठहर गर्ने र सजाय निर्धारण अलगअलग हुन्छ ।  

मुद्दा दायर गर्दा मल्ललाई १० वर्ष कैद र सोही अनुसार जरिवाना हुनुपर्ने मागदाबी गरिएको थियो। तर जिल्ला न्यायाधीश अधिकारीको एकल इजलासले आंशिक दाबी पुग्ने फैसला सुनाउँदै उन्मुक्ति दिएको थियो। यो फैसला लगत्तै अधिकारी न्यायपरिषद् छानविनमा तानिएका थिए। 
फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको कुरा आंशिक मात्र पुष्टि भएको उल्लेख थियो। 

यो मुद्दामा सरकारी पक्षले भवितब्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो। तर फैसला गर्दा न्यायाधीशले भवितब्यमा रुपान्तरण गरेर सजाय तोकेपछि विवाद भएको थियो। 

काठमाडौं जिल्ला अदालतले  चालकलाई जम्मा ६ महिना कैद  र १० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । यो  कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको थियो। 

सरकारी पक्षले मल्लले लापरबाहीपूर्ण रुपमा सवारी चलाएको, मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमतिपत्र समेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनुपर्ने मागदाबी गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुनः कारागार बस्नु नपर्ने हुँदै १० हजार तिरेर विदेश पलायन भएका थिए। 
कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी लामो समय अस्पताल बसेका थिए। अस्पतालबाटै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उनी पाँच लाख धरौटीमा रिहा भएपछि विदेश पलाएन भएका हुन्। 

काठमाडौंको बुढानीलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसिरमा लीला देवकोटाको ज्यान गएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट मल्ल निर्दोष होइनन् भन्ने विश्वास गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। 

मादक पदार्थ सेवन गरी सतर्कता नअपनाई चलाएको कारको ठक्करबाट निर्दोष व्यक्तिको ज्यान गएको भन्दै अदालतले उनलाई थुनामै राख्नुपर्ने निर्णय गरेको थियो। उक्त आदेशलाई मल्लका वकिलले उच्च अदालत पाटनमा चुनौती दिएका थिए। तर उच्च अदालत पाटनले पनि उनलाई थुनामै पठाउनुपर्ने ठहर गरेको थियो।

त्यसविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय मल्ल र शर्माको इजलासले मल्ल डिप्रेसन र दमको बिरामी रहेको तथा कोभिड-१९ को उच्च जोखिममा रहेको बताउँदै ५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

Xtrem

Xtrem

यस्तो थियो घटना
अमेरिकामा बस्दै आएका  काठमाडौंका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा स्वदेश फर्केका थिए।  त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैंले बा१४च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा जिम गर्न पुगेका थिए।
 
त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेन्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाएपछि उनीहरु रातभर ठमेलमा बसेका थिए।  त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे। त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटेर उनीहरु निस्केका थिए।
  
प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बुढानीलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगेका थिए। त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्कंदा सडकको विपरीत दिशामा फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटालाई ठक्कर दिएर ज्यान लिएको थियो।

प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए। यसरी पल्लो पेटिमा रहेको व्यक्तिलाई ठक्कर दिएर हत्या गरेको घटनालाई गम्भीर रुमपा लिँदै मुद्दा दायर भएर पुर्पक्षको बहसका क्रममा थुनामा पठाइएको थियो। 

उनीसँग नेपालको ड्राइभिङ लाइसेन्स समेत थिएन। तर प्रहरीमा गरेकोभन्दा उनले अदालतमा उल्टो बयान गरे। चारको स्पिड धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितकब्यका रुपमा दुर्घटना भएको दाबी गरे।

सम्बन्धित समाचार

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक

 

मापसे गरी सवारी चलाएर पैदल यात्रीको ज्यान लिएका चालक जेल चलान

 

बुढानीलकण्ठ ‘हिट एन्ड रन’मा पैदलयात्रुको ज्यान लिने मल्ललाई सर्वोच्चले छाड्यो धरौटीमा

 

मोडेल परमिता चढेको गाडी दुर्घटना गराउने मल्ललाई सर्वोच्चले छाड्यो ५ लाख धरौटीमा

 

हिरोइन परमिता चढेको कारले यसरी लिएको थियो लिलाको ज्यान [बयानसहित]

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत सर्वोच्च अदालतले फैसलामा महिलाको शारीरिक स्वायत्तता र अधिकारका विषयमा गम्भीर व्याख्या गरेको छ । विवाह गर्छु भनी लिइएको सहमतिलाई स्वत... शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न फोन गरी आफूहरू पाटनको धतौरामा सुरक्षित रहेको बताएका थिए। तर भेडाहरूको अवस्था भने थाहा नभएको... शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्