कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुसेनसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
नोम पेन्ह– कम्बोडिया नेपालमा सिधा हवाई सेवा सञ्चालनका लागि इच्छुक देखिएको छ। कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुसेनले नेपालसम्म सिधा उडानका विषयमा इच्छा जाहेर गरेका हुन्।
कम्बोडियाको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको शिष्टाचार भेटका क्रममा प्रधानम्नत्री हुसेनले सिधा हवाई उडानको सम्भावनाबारे चासो राखेका हुन्। प्रधानमन्त्री हुसेनले द्वन्द्व र शान्तिप्रक्रियाको अनुभवहरु आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।




अध्यक्ष तिमिल्सिनाले दुई तिहाईभन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको बिकास हुने धारणा राखे। ‘नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्त्वपूर्ण गन्तव्य हो। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भइ सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ,’ अध्यक्ष तिमिल्सिनाले भने।
कम्बोडियाका प्रधानमन्त्री हुनसेनले सिधा हवाई सेवा सञ्चालनका विषयमा आफ्नो देश सकारात्मक रहेको बताए। गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने बिश्वास प्रधानमन्त्रीले व्यक्त गरे।
नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका, भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्धलबिस्तारमा पनि जोड दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।