लण्डन– बेलायतको राजदबार बकिंघम प्यालेस अगाडिबाट प्रहरीले १ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार दरबारको एक क्षेत्रमा शर्टगनको खोका फ्याकिएको थियो। मंगलबार स्थानीय समयानुसार साँझ ७ बजे प्रहरीले १ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो।
उक्त क्षेत्रको घेराबन्दी गरिएको छ। स्कर्टल्याण्ड यार्डले एक शंकास्पद व्यक्तिलाई आक्रामक हतियार राखेको आरोपमा पक्राउ गरेको हो। त्यहाँ गोली चलेको वा कोही घाइते भएको भन्ने कुनै रिपोर्ट प्राप्त नभएको प्रहरीको भनाइ छ।
मेट्रोपोलिटन प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिसँग एक शंकास्पद झोला फेला परेको छ।
शंकास्पद व्यक्ति पक्राउ परेको समयमा राजा र रानी भने बकिंघम दरबारमा थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।