काठमाडौं– सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन भएको जानकारी सूचना प्रकाशित गरेका छन्।
प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएकाले सभामुखले सूचना प्रकाशित गरेर उनी निलम्बनमा परेको जानकारी गराएका हुन्।
महतोका विषयमा अन्तिम बैठकमा विवाद भएको थियो। सत्तापक्षका सांसदहरुले उनी १० दिन भन्दा लामो समय फरार हुँदै अनुपस्थित भएकाले बिरामी बिदा दिन नमिल्ने भन्दै विरोध गरेका थिए।
सत्ता पक्षको विरोधपछि सभामुख अप्ठ्यारोमा परेका थिए। लगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने विषयमा सहयोग गर्न पत्र लेखेको थियो। उक्त पत्रपछि सभामुखले आज निलम्बन गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।