काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैले व्यहोर्न चाहेकाे बताएका छन्।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गरी पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुको सल्लाहमा दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्न चाहेकाे जनाएका छन्।
यसअघि विशिष्ट व्यक्तिहरुको उपचार खर्च सरकारले व्यहारेको भन्दै आलोचना हुँदै आएको छ। राष्ट्रपति पौडेल पनि दिल्ली उपचारका लागि गएपछि विभिन्न टीकाटिप्पणी भएको थियो। पौडेल दिल्लीमा उपचार सकेर आइतबार राति काठमाडौ फर्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।