काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन्।
सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन्।
उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे। सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि उनले जानकारी दिए।
सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उनको भनाइ छ। महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।