काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको सचेतकमा निशा डाँगी चयन भएकी छिन्। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले डाँगीलाई सचेतकमा चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
‘हाम्रो पार्टीमा प्रमुख सचेतकको रुपमा म कार्यरत थिएँ/छु। सचेतक हुनुहुन्न थियो। अहिले निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं’, उनले भने।
बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ। नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमाएका थिए। त्यससँगै मन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता जस्ता पद पनि गुमेको थियो।
उपनिर्वाचनमा विजयी भएपछि लामिछानेलाई पुनः पुरानै पदमा फर्काइएको हो। सोमबार नै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।