काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक संसदीय दलको नेता चयन भएका छन्। संसदीय दलको बैठकले लामिछानेको नाम सर्वसम्वत रुपमा चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए।
सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको नाममा संसदीय दलको नेतामा चयन गर्न निर्देशन गरेको थियो। संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्वत रुपमा चयन गरेको हो।
यस्तै सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा थप छलफलका लागि बुक्रबार बैठक बोलाइएको छ। शुक्रबार संयुक्त बैठक बसेर सरकारलाई दिएको सर्मथन फिर्ता लिने कि कायम राख्नेबारे निर्णय हुने महामन्त्री मुकुल ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।