काठमाडौं– नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन्।
आचार्यलाई कार्यकारी निर्देशकमा प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नियुक्त गरेको कांग्रेस पार्टी कार्यलयले विज्ञप्ति जारी गरेर जनाएको छ।
नेपाली कांग्रेसको नीतिगत अनुसन्धान तथा प्रशिक्षणका लागि काम गर्ने निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान उपसभापतिको नेतृत्वमा रह्ने व्यवस्था छ। कांग्रेसको पछिल्लो विद्यानले उपसभापति दुई जना राख्ने व्यवस्था गरेपछि सभापतिले तोकेको एक उपसभापतिले प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाउने व्यवस्था छ।
केही समयअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई यसको जिम्मेवारी तोकेका थिए। कांग्रेस निकट बैद्धिक क्षेत्रबाट यो प्रतिष्ठानमा ५१ जना सदस्यहरु राख्ने व्यवस्था छ। प्रतिष्ठानका कार्यकारी निर्देशक बनेका अचार्य नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।