काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आगामी आर्थिक वर्षदेखि सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू पहल गर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका उच्च स्थानबाट प्रदान गरिने पुरुस्कार तथा सम्मानमा कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लागू गरिने बताएका छन्।
‘रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु,’ प्रधानमन्त्री प्रचण्डले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाई मजदुरहरुलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्य रहेको बताएका छन्। त्यसका लागि सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेसागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोसाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।