काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीको अजेण्डा भरिया बन्नुभन्दा मुर्ख र फटा नै हुनु सही भएको जवाफ दिएका छन्।
आइतबार एक कार्यक्रममा एमाले अध्यक्ष ओली राजतन्त्रको मुद्दा बोक्नेहरु फटाह र मुर्ख बाहेक अरु हुन नसक्ने टिप्पणी गरेका थिए।
लिङ्देनले सामाजिक सञ्जाल ट्विटरमा उक्त टिप्पणीको जवाफ दिँदै यस्तो बताएका हुन्। साथै जापानी र बेलायती जनता त महा फटाह र महा मुर्ख भए हैन त? भन्दै प्रश्न गरेका छन्।
उनले यस्तो अदभूत ज्ञान चाहिँ कहाँबाट प्राप्त हुन्छ भन्दै प्रश्न गरेका छन्। लिङ्देनले भनेका छन्, ‘हामी त फटाहा र मुर्ख मात्र रहेछौं जापानी र बेलायती जनता त महा फटाहा महा मुर्ख भए हैन त केपी ओली ज्यू? हैन यस्तो भाष्य र अदभुत ज्ञान चाँही कहाँबाट प्राप्त हुन्छ तपाईंलाई? विदेशी अजेण्डाको भरिया बन्नु भन्दा त मुर्ख र फटाहानै हुने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।