काठमाडौं– आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग वार्ता गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति बनाएका हुन्।
समितिमा मुख्यसचिव शंकरदास वैरागीलगायत सरकारी अधिकारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार सरकार र पुनबीच वार्ता भएको थियो। वार्ता सकारात्मक भएको भनिए पनि निष्कर्षमा पुग्न सकेको थिएन।
समितिले सोमबार फेरि पुनसँग वार्ता गर्ने भएको छ। वैज्ञानिक पुन नेतृत्वको टोलीले वैशाख १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना गरिरहेको छ। पुनको आन्दोलनलाई विभिन्न राजनीतिक दल तथा नेता र अभियान्ताहरुले ऐक्यबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।