काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाकी सांसद बनेकी निशा डांगीले संसद्को पछिल्लो अधिवेशनमा आफूले गरेका गतिविधिलाई उल्लेख गरेर रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन्।
प्रतिनिधि सभाको पछिल्लो अधिवेशन शुक्रबार रातिबाट सकिएको थियो।
संसद्को अधिवेशन सकिएसँगै सांसद डांगीले प्रतिनिधि सभामा आफूले उठाएका विषय, संसदमा आफू उपस्थित भएको हाजिरी लगायत प्राप्त पारिश्रमिक र राज्यलाई तिरेको करसमेत उल्लेख गर्दै रिपोर्ट कार्ड सार्वजनिक गरिकी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।