काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरुलाई अनौपचारिक छलफलका लागि आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन्।
आज दिउँसो देउवाले आफ्नो निवासमा बोलाएर केन्द्रीय समिति बैठक बोलाउनेदेखि अन्य पार्टीका कामहरुकाबारेमा छलफल गरेको देउवाको सचिवालयले जनाएको छ।
उपनर्वाचनसमेत भइसक्दा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएर निर्वाचन समीक्षा नगरेको र पार्टीका भातृ संस्थाहरुदेखि विभागहरुसमेत गठन नभएको भन्दै उनको आलोचना हुँदै आएको छ।
देउवामाथि अबको केन्द्रीय समिति बैठकवाट पार्टीको नीति अधिवेशन बोलाउने दबाबसमेत छ। त्यही भएर देउवाले केन्द्रीय समिति बैठक बोलाउनुअघि पार्टीका शीर्ष नेताहरुसँग त्यसबारेमा छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।