काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र कि मूर्खले र कि स्वार्थीले मान्ने बताएका छन्। एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘राजतन्त्र दुईथरिले मान्छन्, कि फटाहाले मान्छ, कि मूर्खले। कोही-कोही अज्ञानीले मान्छन् तीनथरी भनौं न। अर्कोथरी स्वार्थ साधनाले मान्छन्। बुद्धि नभएकाहरुले मान्छन्।’
उनले बिकाउ मालहरु र स्वार्थी तत्वले राजतन्त्र मान्ने पनि बताए। एक दिन, हप्ता र दश दिनका लागि कसैलाई किन्न सकिन्छ र त्यस्ता मान्छेले, त्यस्ता तत्वले राजतन्त्र मान्ने उनले बताएका छन्। उनले थपे, ‘जन्मिदै यस्तो हुनुपर्छ भनेर नत्र कसले मान्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।