काठमाडौं– संघीय संसद्को दुई रिक्त सचिवमा पदमप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ। प्रतिनिधि सभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका हुन्।
सभामुख देवराज घिमिरेको सिफारिसमा महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पाण्डेय सचिवमा सिफारिस भएका हुन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्यालको नाम सिफारिस गरेका हुन्। उनीहरुले दुई सचिवको सिफारिस कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष सिफारिस गरेका छन्।
यसअघि सचिव रहेका गोपालनाथ योगी र राजेन्द्र फुयाँलको कार्यकाल सकिएपछि उनीहरुको स्थानमा नयाँ नाम सिफारिस भएको हो। यसअघि योगी सभामुख अग्निप्रसाद सापकोटा र फुयाँल राष्ट्रिय सभामा सचिव भएका थिए। उनीहरुको कार्यकाल वैशाख १५ गते सकिएको थियो।
रिक्त दुई सचिवमा उनीहरुको नाम सिफारिस गरिएको हो। सभामुखले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि नियुक्ति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।