सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्न लागिएको हो।
प्रदेश सभाको बैठक आज (आइतबार) दिउँसो ३ बजे बस्दै छ। प्रदेश सभा बैठकका लागि सम्भावित २ वटा कार्यसूची छन्।
आइतबारको प्रदेश सभा बैठकमा कार्य व्यवस्था परामर्श समिति गठनका सम्बन्धमा सभालाई जानकारी गराइने छ। यस्तै, ‘कर्णाली प्रदेश प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ उपर सामान्य छलफल हुने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।