काठमाडौं– बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य अवस्थाका कारण जान नसक्ने भएपछि उक्त कार्यक्रममा परराष्ट्रमन्त्री जाने तय भएको हो।
यसअघि उक्त कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुने तय भको थियो। तर परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार अब उक्त कार्यक्रमका लागि परराष्ट्रमन्त्री साउद वैशाख २१ मा बेलायत गएर २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजाको राज्याभिषेक कार्यक्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।