काठमाडौं– कार्यबाहक राष्ट्रपति रामसहाय यादवसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिलाले भेट गरेका छन्।
उनीहरुले आइतबार सामूहिक रुपमा शिष्टाचार भेट गरेका हुन्। कार्यबाहक राष्ट्रपति यादवको कार्यालयमा भएको यो भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो।
गत शुक्रबार मात्रै प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।