काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग सरकारले वार्ता थालेको छ।
उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का र पुनसहित टोलीकाबीचमा रक्षा मन्त्रालयमा वार्ता सुरु भएको मन्त्रालयले जनाएको छ।
आविष्कारका क्षेत्रलाई बजेट विनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका छन् । उनले गरेको माग बजेटमार्फत् सम्बोधन गर्ने प्रस्ताव राख्ने तयारी सरकारले गरेको छ।
पुन सरकारले अनुसन्धान क्षेत्रमा पर्याप्त बजेट छुट्याउनु पर्ने लगायतका चार बुँदे माग राखेर माइतीघर मण्डलामा धर्ना बसीरहेका छन्।
उनको मागलाई चिकित्सा क्षेत्रका अभियन्ता डा गोविन्द केसीले पनि सर्मथन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।