काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमालेको राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ।
शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता/कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
त्यसक्रममा उनीहरुले लडाकुको नाममा अर्बौ घोटला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। अयोग्य लडाकुहरुको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सृजना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए।
राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार (हिजो) अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरुप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।