• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

प्रसाद २ : जातीय विभेद विरुद्धको कमजोर प्रस्तुति

64x64
समर्पण श्री शनिबार, वैशाख १६, २०८०  ११:०१
1140x725

काठमाडौं- पाँच वर्षअघि प्रदर्शन भएको दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ले थुप्रै बहस सिर्जना गरेको थियो। जातीय विभेदको सवाल उठाएको यो फिल्ममा अन्तरजातीय विवाह गरेर शहर पसेको जोडीले भोग्नुपरेको अपमान र संघर्षका कथा थियो।

फिल्मले जातीय विभेदको मुद्दा उठाउँदै गर्दा गम्भीर त्रुटि गरेको थियो। बलात्कारबाट जन्मिएको सन्तानलाई फिल्मको मुख्य पात्र बाबुराम (विपिन कार्की)ले प्रसादको रुपमा ग्रहण गरेको थियो। अन्तिममा त्रुटि छाडेर फिल्म सकिएको थियो।

तर, लेखक सुशील पौडेलले कथाको सिलसिला जारी राखे। पाँच वर्षपछि सिक्वेलका रुपमा ‘प्रसाद २’ बन्यो। 

लेखक पौडलले केही दिनअघि अन्तर्क्रिया कार्यक्रममा ‘प्रसाद २’ ल्याउनुको अन्तर्य खोलेका थिए, ‘जातीय मुद्दालाई प्रसादमा ती जोडीले मात्र अनुभूत गरेका थिए। समाजले उनीहरूलाई स्वीकार गरेको थिएन। यत्रो मुद्दा छ। समाजबाट भागेका पात्रलाई त्यही समाजमा उभ्याउँदा कसरी फाइट गर्छन् त भन्ने कुरा देखाउनु थियो।’

‘प्रसाद २’मा १२ वर्षपछि बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) ८ वर्षको छोरा प्रसादसँगै गाउँ फर्कन्छन्। देशमा संविधान बनिसकेको छ। कानुन बनिसकेको छ। तर छुवाछुत अन्त्य भइसकेको छैन। गाउँमा कथित माथिल्ला जातबाट दलितहरू प्रताडित भइरहेका छन्। 

जब बाबुरामले विभेदविरुद्ध लड्न वडाध्यक्षमा उठ्ने निर्णय गर्छ, कथाको तान बुन्न सुरु हुन्छ। तर कथा लय समात्न नपाउँदै धर्मराइरहन्छ। निर्देशक सुदर्शन थापाले पचास/साठीका दशकतिर बन्ने नेपाली सिनेमाका झल्को फिल्म अवधिभर दिलाइरहन्छन्। 

फिल्ममा वडाध्यक्षको उम्मेदवार बनेर दलित पात्र बाबुराम उभिन्छ। तर विभेद विरुद्धको विद्रोह कथाले स्थापित गर्न सक्यो त? फिल्म अवधिभर यसको जवाफ स्पष्टसँग पाइन्न।
कथाको द्वन्द्व के हो? अलमल भइरहन्छ।

सुरुमा बाबुरामलाई विद्रोही र बलियो पात्रको रुपमा डोहोर्‍याइएको छ। तर फिल्ममा रमेश (जसले नारायणीलाई बलात्कार गरेको थियो)को आगमनसँगै ऊ कमजोर पात्रको रुपमा देखिन्छ। गाउँको सोच बदल्छु भनेर आएको पात्र सुरुमा गलत प्रवृत्तिविरुद्ध लड्छु भन्दैछ। तर रमेशको अपराधलाई समाजमा ढाकछोप गरिरहन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

२०७२ को संविधान बनेपछिको सेटिङ छ फिल्ममा। तर बाबुराम दम्पतीले रमेशको खुलेआम धम्कीलाई चुपचाप सहिरहेका छन्। अपराधविरुद्ध कुनै कानुनी ‘एक्सन’ लिएका छैनन्। जबकि, रमेशले चुनावमा उठेको मुखियाको छोरासँग प्रतिवादमा उत्रँदा कानुनी हतियार उज्याएको थियो। 

यो दम्पतीले गाउँमा लुकाउन खोजेको कुरा त आफूभित्रकै पीडा र रमेशको अपराध न थियो। फिल्मका खलनायक रमेशलाई जबर्जस्ती भयानक देखाउन खोजिएको छ।

पुरानै ढर्राका नेपाली सिनेमामा एउटा कथाको पुनरावृत्ति सधैं भइरहन्छ। त्यो हो खलनायकले नायिकालाई बलात्कार गर्न खोज्नु, अनि नायिकालाई बचाउन कोही पुरुष पात्र आउनु।

‘प्रसाद–२’ मा यो घटना दोहोरिरहन्छ। नारायणीलाई कमजोर पात्रका रुपमा उभ्याइएको छ। कहिले ऊमाथि बलात्कार प्रयास हुँदा ८ वर्षको छोराले आमालाई बचाउँछ। कहिले बाबुराम आइपुग्छ। फिल्मले यस्तो भाष्य स्थापित गरिदिएको छ कि, महिलाले न प्रतिवाद गर्न सक्छन्, न विद्रोह!

फिल्ममा आफ्नो छोरालाई मुखियाले एउटा डायलग बोल्छ, ‘बलात्कृत महिलालाई यो समाजमा कसले स्वीकार्छ। तँ भए स्वीकार्थिस्? तर त्यो बाबुरामले स्वीकार्‍यो।’ 

यो संवादले गलत बुझाइ निर्माण गरेको छ। किनकि बलात्कृत महिलालाई सामाजिक बल र मनोवैज्ञानिक सहयोगको ठूलो खाँचो हुन्छ। अपराधीलाई कडा दण्ड र पीडित महिलाको पुनस्र्थापनामा समाजको ठूलो दायित्व हुन्छ। ती पीडित महिलाको पीडामा यो संवादले मह्लम लगाउनुको साटो घाउलाई कोट्याउने काम गर्छ।

फिल्म जातीय विभेदविरुद्ध लडाइँको विषयमा छ। तर फिल्ममा यस्ता त्रुटि छन्, जसले उत्पीडनमा परेका दलित समुदायको मनमा झन् दखल पुर्‍याउँछ। गाउँमा पञ्चायत बस्दा बाबुरामको बाले एउटा संवाद बोल्छ, ‘जातले हामी सानो हौँला, तर हाम्रो पनि इज्जत छ।’ विदेभविरुद्ध चुनावमा छोरालाई भोट माग्न हिँडेको बा पात्रले आफूलाई सानो जातको भनेर स्वीकार गर्नु नै फिल्मको अर्को कमजोरी हो। जुन विषयमापथि फिल्म बनेको छ, त्यही विषयप्रतिको भाष्य गलत निर्माण गरिएको छ। 

फिल्ममा बाल कलाकारलाई चुनावको प्रचारमा झण्डा बोकाएर हिँडाउनु पनि शोभनीय देखिँदैन। चुनावी प्रचारमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई प्रयोग गर्न नपाउने नियम छ। तर ८ वर्षको प्रसाद भोट माग्न प्रचारप्रसारमा हिँडिरहेछ। फिल्ममा केही दृश्य कलात्मकभन्दा बढी अश्लील देखिन्छन्।  जस्तो कि होटल साहुनीको शरीरलाई क्यामेराको लेन्सले  भद्दा र अश्लील किसिमले देखाइएको छ। फिल्ममा केही संवादहरू त्यस्तै भद्दा र अश्लील लाग्छन्।

फिल्ममा दर्शकलाई बाँधेर राख्ने कुराचाहिँ के हो त? कलाकारहरूको मिहिनेतले भने दर्शकलाई हलमा अडाइरहन मद्दत गर्छ। बाबुराम र नारायणीबीचको संवादहरूले हँसाउने र इमोस्नल बनाउने काम गरिरहन्छन्। 

फिल्मको पार्श्वध्वनिले भने कतिपय ठाउँमा जबर्जस्ती दर्शकलाई इमोसनल बनाउन खोज्छन्। तर कथाले इमोसनल बनाउन चाहिँ सकिरहेको छैन। बाबुराम अध्यक्ष उठ्छु भनेर निर्णय गर्दा उसको बाबुमा डरको भयंकर संकेत पार्श्वध्वनिले दिन्छ। तर पार्श्वध्वनिमा बजिरहेको डरको संकेत पछि स्थापित हुन सक्दैन। 

कथाको पृष्ठभूमिमा चुनाव छ। तर कसिलो मुद्दा छैन। यद्यपि, ‘प्रसाद’को त्रुटिलाई सच्याउन सिक्वेल लेखेका लेखक पौडेलले ‘प्रसाद २’मा अघिल्लो फिल्ममा निर्माण गरिएको भाष्यलाई सच्याउन भने खोजेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्