काठमाडौं- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार (भोलि) विश्वासको मत लिने भएका छन्। सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन्।
बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ र देउखुरीमा पदभार ग्रहणपश्चात् बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए।
सोमबार विश्वासको मत लिएपछि मङ्गलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएको बताइएको छ। मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।