काठमाडौं- आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक अहिले ८ बजे पुन: बस्ने भएको छ। शुक्रबारको प्रतिनिधि सभा बैठक साँझ ५:१० बजे आधा घन्टाको लागि भन्दै स्थगित गरिएको थियो।
संघीय संसदको सचिवालयले सूचना प्रकाशित गरी ५:१० बजे आधाघन्टाका लागि स्थगित भएको बैठक विशेष कारणबस् उक्त समयमा बस्न नसक्ने भएकोले अहिले राति ८ बजे बस्ने जनाएको हो।
संघीय संसदले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) बमोजिम सभामुखले सभाको बैठक आजै साँझ ८ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा सबै माननीय सदस्यहरुलाई जानकारी गराइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।