काठमाडौं- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसद् अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयअनुसार कार्यवाहक राष्ट्रपति यादवले संसद् अधिवेशन अन्त्य गरेका हुन्।
संसद् बैठक शुक्रबार राति १२ बजेदेखि अन्त्य हुनेछ। मंसिर ४ गते आम निर्वाचन भएपछि मंसिर २५ गते हिउँदे अधिवेशन सुरु भएको थियो।
जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले यो अधिवेशन अन्त्य गरेको सरकारले चाँडै बजेट अधिवेशन बोलाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।