काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै संसदीय समितिमा परेका छन्। पार्टीगत सिफारिसका आधारमा अध्यक्ष ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने कानुन, न्याय तथा मानवअधिकार समिति रोजेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन्। जहाँ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत रहेका छन्।
यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउत पूर्वाधार विकास समितिमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन सार्वजनिक लेखा समितिमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।