काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा उनको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मत परेको छ।
नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिएका हुन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि दाबी प्रस्तुत गरेका थिए।
कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङले मुख्यमन्त्री शर्माले प्राप्त गरेको विश्वासको मत बहुमतले पारित भएको घोषणा गरिन्।
मुख्यमन्त्री शर्माले तीन महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत लिएका हुन्। उनले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । उनले पहिलो पटक ६ माघमा र दोस्रो पटक १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।