काठमाडौं - हत्या अभयोगमा फरार एमाले सांसद् लक्ष्मी महतो कोइरी संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार देखाइएपछि सत्ता पक्षले संसद् अवरुद्ध गरेको छ।
सत्तापक्षको संसद् अवरोधपछि सभामुख देवराज घिमिरेले संसद् आधा घन्टाका लागि स्थगित गरेका छन्।
सत्ता पक्षका अधिकांस सांसद्ले उनी फरार अभियुक्त भएकाले स्वास्थ्य उपचारको कारण देखाएर उन्मुक्ति नपाउने बताएका छन्। उनको अनुपस्थितिलाई स्वास्थ्य उपचारका रुपमा पास नगर्ने अडान सत्ता पक्षका सांसद्ले लिएका छन्।
एमालेले भने पक्राउ गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताएको छ। विदेश पुगेका अपराधी समेत प्रहरीले पक्रिएका उदाहरण रहेको बताउँदै चुनौती दिएको छ।
संसद् बैठकमा १० पटक बढी विना जानकारी अनुपस्थित भएमा सांसद् पद जाने नियमावलीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।