काठमाडौं- फरार सांसद् लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसक्नु सरकारकै कमजोरी भएको एमालेले जनाएको छ। हत्या अभियोगमा फरार रहेका नेकपा एमाले सांसद् कोइरीले संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार रहेको बताएका छन्।
त्यसलाई लिएर सत्तापक्षका सांसदहरुले प्रश्न उठाएका थिए। फरार अभियुक्तलाई स्वास्थ्य उपचारमा राख्न नहुने बताइएको छ।
एमालेले उनलाई पक्राउ गर्न चुनौती दिएको हो। पन्तले भने, 'सरकारमा पनि बस्ने, गृहमन्त्री बन्ने तर पक्राउ गर्न नसक्ने कमजोरी सरकारकै हो। एमाले फरार अभियुक्त जोगाउने पक्षमा छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।