काठमाडौं- सांसद् अमरेशकुमार सिंहले अयोग्य लडाकुका नाममा दुई लाख बाँडेर सरकारले भ्रष्टाचार गर्न खोजेको बताएका छन्। संसदमा बोल्दै उनले लडाकुका नाममा पार्टीले खाने यसअघि पनि देखिएको भन्दै प्रश्न गरेका छन्।
उनले भने, 'अयोग्य लडाकुलाई दुई लाख दिने कुरा पनि भ्रष्टाचार हो। यसअघि लडाकुको नाउँमा पार्टीले खाएको हामीले देखेका छौं। यो दुई लाखमा पनि एक लाख पार्टीले खाने?'
उनले उपचारका नाममा र लडाकुका नाममा कार्यकर्ता पाल्ने गरिएको बताउँदै राज्यको सम्पत्ति निजी जस्तो बनाइएको उल्लेख गरे। उनले भने, 'संघीयता खारेज हुनुपर्छ। १६५ भन्दा बढी सांसद चाहिँदैन। सांसददेखि वडाध्यक्षसम्म भत्ता लागि यो जागिर होइन, सेवा हो।'
उनले २०६३ पछिका सबै भ्रष्टाचारबारे छानबिन गरिनुपर्ने माग गरे। सोही संसदमा रहेका अर्बपति विनोद चौधरीतिर संकेत गर्दै सिंहले थपे, 'जसले नेपालमा कर बुझाउँदैन, त्यो अर्बपति हुन्छ। कहाँबाट आयो? कहाँबाट त्यहाँ लगानी भयो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।