काठमाडौं- पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थव्यवस्था चिन्ताजनक भएको तर सरकार भने रोमको शासकझैं लडाकुलाई रकम वितरण गर्ने बाँसुरी बजाएर बसेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले राजश्व परिचालनदेखि संकलनसम्म निराशाजनक अवस्था रहेको भन्दै यस्तो अवस्थामा कसैलाई पनि रकम वितरण गर्न नसकिने बताए ।
‘राजश्व उठ्नेदेखि अन्य समस्या भएको छ। तर शासकलाई रोमको शासकझैं बासुरी बजाइरहेको छ,’ उनले भने, ‘उसलाई त अयोग्य लडाकुलाई पैसा बाँड्न हतारो छ।’
पौडेलले गत आर्थिक वर्षको यही अवधिमा ८ खर्ब ५० अर्ब राजश्व परिचालन भएको तर गत वर्षभन्दा १३ प्रतिशतले राजश्व परिचालनको काम कम भएको बताए। यो वर्षको लक्ष्य ३३ प्रतिशतले पछाडि रहेको भन्दै उनले दशकपछि हुने अवस्था देखिएको टिप्पणी गरे। तर सरकारलाई कुनै चिन्ता नदेखिएको उनले बताए। उनले अनिवार्य दायित्वबाट सरकार भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको बताए।
शिक्षक,कर्मचारीको पेन्सन र सामाजिक सुरक्षा गरी १ खर्ब २० अनिवार्य दायित्वका रकमहरु वितरण गर्न पनि नसक्ने अवस्थामा सरकार पुगेको तर सरकारमा चिन्ता नदेखिएको आरोप उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।