• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कामु प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश र प्रधानमन्त्रीबीच भेट

प्रधानमन्त्रीलाई न्यायाधीशको प्रश्न- प्रधानन्यायाधीश नै नियुक्त नगर्ने भए किन अदालत राख्नु?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १५, २०८०  १५:४०
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला केही साता सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति गर्ने दौडधुपमा सक्रिय भए। उनी सक्रिए भएपछि दलहरुका बीचमा सहमति पनि भयो। तर उक्त सहमतिअनुसार संवैधानिक परिषद् ऐन पारित हुने र संवैधानिक परिषदको बैठक बस्न भने सकेन। 

दलहरुबीच यही रस्साकस्सी चलिरहँदा प्रधानमन्त्री प्रचण्डलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित वरिष्ठ न्यायाधीशहरुले भेटेका छन्। 

बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न कामु प्रधानन्यायाधीश कार्की वरिष्ठ न्यायाधीशसहित पुगेका थिए। सिंहदबारमा भएको भेटमा उपपप्रधानमन्त्री तथा कानुनमन्त्री रहेका पूर्णबहादुर खड्का पनि सहभागी थिए। 

प्रधानमन्त्रीलाई भेट्न कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा पुगेका थिए। 

प्रधानमन्त्रीलाई भेट्न कामु प्रधानन्यायाधीशसहित रोलक्रममा रहनुभएका न्यायाधीशहरु भेट्न गएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। अदालतको योजना कार्यान्वयन, मर्यादाक्रम, बजेट र तलब लगायतका विषयमा कुरा भएको उनले बताए। 

संवैधानिक परिषद्सम्बन्धी ऐन जारी नहुनु र सर्वोच्च अदालत १५ महिनादेखि कायम मुकायमको भरमा चलेका, केही समय अघि प्रधानन्यायाधीश र न्यायाधीशको मर्यादाक्रम घटाइएको र न्यायाधीशहरुको तलब स्केलसमेत घटेको विषयमा प्रधानमन्त्री र मन्त्रीहरुसँग कुरा भएको थियो। 

भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री प्रकाशशरण महत पनि सहभागी थिए। 

न्यायाधीशको प्रश्न- प्रधानन्यायाधीश नै नियुक्त नगर्ने भए किन अदालत राख्नु ?
बजेट नजिकै आएको र सर्वोच्च अदालतको न्यायाधीशका विषयमा कार्यकारीले विभिन्न निर्णय गरेकाले सहकर्मीहरुको दबाबका बीचमा कामु प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री कार्यालय सहकर्मी न्यायाधीशहरु लिएर पुगेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

 न्यायाधीशहरु प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री र अन्यमन्त्रीहरु उनीहरुलाई पर्खेर बसेका थिए। भेटमा प्रधानमन्त्रीले बजेट वक्तव्यको समय नजिकै आएकाे भन्दै अदालतलाई आवश्यक पर्ने बजेटका विषयमा जिज्ञासा राखेका थिए। देशको आर्थिक अवस्था अलि जटिल भएकाले बजेट बढाउने मन भए पनि नसक्ने अवस्था रहेको उनले जानकारी गराएका थिए।

त्यसपछि सर्वोच्चका तर्फबाट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले केही कुरा राखेका थिए। भेटमा सहभागी एक न्यायाधीशका अनुसार कार्कीले लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा चलेको कुरा कार्यकारीको कानमा नपुगेको हो कि भन्ने प्रश्नबाट सुरु गरे। उनले केही समयअघि न्यायाधीशहरुको तलबस्केल पनि घटाइयो। त्यस्तै प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा मुनिको वरियतामा राख्ने गरी विधेयक राष्ट्रिय सभामा पेस भयो। त्यस्तै न्यायाधीशहरुलाई पनि त्यसैगरी राखियो र सर्वोच्च अदालतका अति जरुरी केही कार्यक्रमहरु पनि काटियो जसका कारण अदालत चलाउनै संकट भएको उनले ब्रिफिङ गरे।

हरेक वर्ष १ प्रतिशत बजेट माग गर्ने तर त्यसको आधा मात्र आउने  भइरहेको उनले बताए। अदालतमा मुद्दाको बोझ हरेक वर्ष बढ्दै गएको, जनशक्ति अभाव भएको र अदालतको वार्षिक कार्यक्रमदेखि पञ्चवर्षीय रणनीतिक योजना पनि प्रभावित भइरहेको उनले बताए। 

उनले अदालत आफैं स्वतन्त्र तर यसले कसैसँग पनि गुनासो गर्न नसक्ने तथा राजनीतिक दलका नेताहरु वा मन्त्रीहरुलाई भेटेर माग गर्दै हिँड्न नसक्ने भएकाले सबैको हेलामा परेको पो हो कि भनी प्रधानमन्त्रीलाई प्रश्न गरे। 

उनीपछि अन्य न्यायाधीशहरुले पनि अदालतको अवस्थाबारे बोलेका थिए। उनीहरुले अदालत पछिल्लो वर्ष धेरै विवादमा पर्दै त्यसबाट बाहिर निस्कदै आएको तर कार्यकारीले समयमा नियुक्ति नगर्ने वा निर्णय गर्नुपर्ने विषयमा नगर्ने गर्दा थप विवादित भएको टिप्पणी गरे। 

‘सर्वोच्च अदालत १५ महिनादेखि प्रधानन्यायाधीशविहीन चलेको छ। संविधानले एक मिनेट पनि प्रधानन्यायाधीश नहुने कल्पना गर्दैन। त्यसैले रिक्त हुनुभन्दा एक महिनाअघि संवैधानिक परिषदले सिफारिस गर्नुपर्ने कल्पना गर्छ,’ ती न्यायाधीशले भने, ‘तर राजनीतिक दल, सरकार र संसदलाई भने यसले कहीँ पनि अप्ठ्यारो महसुस हुँदैन। वर्षौंसम्म यहाँबाट निर्णय हुनुपर्ने विषयमा छलफल नै हुँदैन। अन्तिम समयमा छलफल चलाइन्छ, तर निर्णय गरी टुङ्गोमा पुग्दैन।’ 

उनले यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोगबारे निर्णय नभएकोप्रति गुनासो पोखे। त्यस्तै उनले राणाले अवकाश पाएपछि फेरि पनि कामुलाई नै निरन्तरता दिने तर यसमा कसैलाई पनि चासो नहुनेतर्फ ध्यानाकर्षण गराए। 

‘यदि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नै नियुक्त नगर्ने हो भने त्यहीअनुसार संविधानमा संशोधन गरौं। होइन भने यसरी लामो समयसम्म नेतृत्वविहीन बनाएर अदालतलाई थप क्षति पुर्‍याउने काम नहोस्,’ एक न्यायाधीशले भने, ‘अदालत आवश्यक छैन भने संविधान संशोधन गरेर खारेज गर्ने भए पनि तपाईंहरुको अधिकार हो। तर भएको अदालतमा समयमै नियुक्ति गरौं।’ 

न्यायाधीशहरुले पछिल्ला वर्षहरुमा न्यायाधीशहरुमाथि एकपछि अर्को अपमान गर्ने कार्य भएको टिप्पणी गरे। महाभियोग जस्तो गम्भीर अस्त्र चलाउने तर त्यसलाई टुङ्गोमा नपुर्‍याउने, वर्षौंसम्म छलफल नै नगर्ने, न्यायाधीशहरुलाई कहिले मर्यादाको विवादमा ल्याउने कहिले तलब घटाउने जस्ता कार्य किन भइरहेको हो र यसले अदालतको गरिमा कायम नराख्ने उनीहरुको सुझाव थियो।

न्यायाधीशहरुले सर्वोच्चमा ६ जना न्यायाधीश रिक्त रहेको र नियुक्ति हुन नसक्दा ४० हजार मुद्दा पुगेको भन्दै न्याय नपाएर दैनिक अदालतमा धाएका सेवाग्राहीहरु देख्दा आफूहरुलाई दुख लाग्ने तर गर्न केही नसक्ने अवस्थामा पुगेको गुनासो गरे।  

न्यायाधीशहरुले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिको प्रक्रिया अब अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आफू संवैधानिक परिषदसम्बन्धी ऐन पास गर्ने प्रयासमा सक्रिय रहेको र संसदीय सुनुवाइ समिति पनि गठन भएपछि सर्वोच्चको रिक्त न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने बताए। उनले मर्यादा सम्बन्धी विधेयक गैरसरकारी विधेयककाे रूपमा राष्ट्रिय सभामा रहेको र त्यसमा विचार हुने बताए। बजेटका सम्बन्धमा अर्थमन्त्री र मन्त्रालयसँग आफूले पहल गर्ने उनले बताए। 

प्रधानमन्त्रीसँगको भेटपछि कानुन मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पनि छुट्टै छलफल गरेका थिए। अदालतको समस्या र त्यहाँका अप्ठ्याराहरु फुकाउन अब आफू सक्रिय हुने वचन उनले दिएका थिए। उनले न्यायपरिषदको सदस्यको रुपमा अब आफू बैठकमा बस्न आउने भएकाले बैठक बोलाउन प्रधानन्यायाधीशलाई आग्रह पनि भेटमा गरेका थिए। न्यायपरिषदको बैठक बस्न सके उच्च, जिल्ला अदालतमा नियुक्ति अघि बढ्नेछ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापत... सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्। सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो । सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्