काठमाडौं– अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन्।
शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि उनले आन्दोलन सुरु गरेका हुन्। सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको पुनले बताए।

पुनले नेपाल आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यसबारे जनस्तरमा सचेतना जगाउन लागि आन्दोलन गर्नुपरेको उल्लेख गरे।
अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य भएको पुनले बताए। ‘अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानीगर्नुपर्छ। नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता न नदिएकाले अर्थतन्त्र सुधार भएन,’उनले भने।

यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुन पुगे। सबै मन्त्री र नेताहरूसँग भेट्दा समेत केही गर्न नसकिएको गुनासो उनको छ।

उनले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप लगाए।
‘प्रतिभा भएका विद्यार्थी तथा भावी सन्ततिहरुका लागि आन्दोलन गर्नुपरेको हो। नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं। यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो,’ उनले भने।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।