• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादव :  तत्काललाई राहत, दीर्घकालीन चुनौती कायमै

64x64
नवीन झा बुधबार, वैशाख १३, २०८०  २१:४३
1140x725

काठमाडौं- बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएसँगै उनलाई तत्कालका लागि राहत मिलेको छ। मंसिर- ४ गतेको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी- २ मा फराकिलो मतान्तरबाट पराजित बन्नु उनको संसद् र सिंहदरबार यात्रामा अल्पबिराम मात्रै बन्यो। 

मधेस आन्दोलनबाट उदाएका उनी पछिल्ला दुई दशक निरन्तर शक्तिको केन्द्रमा रहे। संसद्मा उनी विभिन्न फरक क्षेत्रका जनताको मतबाट पुगे भने सिंहदरबारमा अनेक गठजोडमा सामेल भए। आफैं सभापति रहेको जनता समाजवादी पार्टीका साथै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो उनलाई। तर  सत्ता गठबन्धनका दलहरुले स्थानीय र मंसिर ४ मा पाएको मतअनुसार उनको मतान्तर रहेन। 

मधेसको राजनीतिमा यही आम निर्वाचनबाट उदाएर सिके राउत नेतृत्वको जनमत पार्टी एक्लैले उनलाई कडा चुनौती दिइरह्यो। उक्त पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा ५ हजार मतान्तरले पराजित भएका छन्। गएको निर्वाचनमा ८ हजार ८ सय मत मात्रै पाएको जनमतले यसपल्ट बढाएर २३ हजार पुर्याएको छ। संगठनका हिसाबले जनमतको कमजोर पकड क्षेत्र मानिएको पश्चिम मधेसमा उक्त पार्टी फैलिँदै गएको देखिन थालेको छ। 

मधेस राजनीतिका बलिया पात्र उपेन्द्रको यसपल्टको जित राजनीतिक रुपमा तत्कालीन संकट टरेको रुपमा लिन सकिन्छ, तर दीर्घकालीन रुपमा भने उनले थप चुनौती महसुस गरेको देखिन्छ।

बारा- २ को निर्वाचन यादवले सजिलै जितेका होइनन्। उनलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नै सक्रिय बन्नुपरेको थियो।  

'प्राविधिक जित'

मधेसमा नागरिक समाजबाट सक्रिय सप्तरीका अगुवा बलराम यादव जसपा अध्यक्ष यादवको जितलाई प्राविधिक ठान्छन्। ‘कानुनी रुपमा उहाँ सांसद् बन्नुभएको छ, सरकारमा अब फेरि उपप्रधानमन्त्री बन्न सक्नुहुन्छ,’ यादवले नेपाल लाइभसँग भने, ‘तर मधेसको राजनीति उहाँको पकडमा अब नरहेको प्रष्ट देखिन्छ।’ 

राजनीतिक विश्लेषक विजयकान्त कर्णले जसपा अध्यक्षले गर्दै आएको १५ वर्षको राजनीतिमा कडा चुनौती दिने शक्ति थपिएको सन्देश उपनिर्वाचनले दिएको बताए। ‘४ मंसिरको निर्वाचनमा उपेन्द्रजी पराजित मात्रै हुनुभएको थियो,’ कर्णले भने, ‘तर उपनिर्वाचनले उहाँलाई मधेसमा जहाँ पनि कडा प्रतिस्पर्धा थपिएको र त्यसका लागि उहाँलाई प्रमुख दलहरुको सहयोग आवश्यक रहेको पुष्टि गरेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

मंसिर ४ को आम निर्वाचनमा पराजित भएसँगै जसपा अध्यक्ष यादव संसद् छिर्ने बाटो खोज्न थालेका थिए। अन्तत: बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर मैदान खाली गर्न सफल भए। स्वयं यादव नैतिक रुपमा प्रश्नचिह्नको घेरामा थिए। यद्यपि, आफ्नो बलियो जातीय समीकरण र सत्तारुढ दलको धाप देखेपछि यादव अघि बढेका हुन्। 

जसपा अध्यक्ष यादवले मंसिर ४ मा पनि चुनाव लड्न एमालेको सहारा लिएका थिए। अहिले सत्ता गठबन्धनकै सहारा लिएका हुन्। जनमत पार्टी भने त्यो बेला पनि एक्लै थियो भने अहिले पनि एक्लै चुनावमा होमिएको हो। 

२०६३ सालमा अन्तरिम संविधान जारी हुँदा संघीयता नसमेटिएको भन्दै संविधान जलाएर मधेसमा उठेको आन्दोलनको नेतृत्व गर्दै उपेन्द्र यादव केन्द्रीय राजनीति स्थापित भए। संगै यादव नेतृत्वको मधेसी जनअधिकार फोरम एकाएक उदायो। त्यसपछि पहिलो संविधान सभामा यादव र उनको दलको राम्रो उपस्थिति देखियो। २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यादव आफैं दुई वटा क्षेत्रबाट चुनिएका थिए। तत्कालीन फोरमले ठूला दलका कयौं शक्तिशाली नेताहरुको संसद् यात्रामा ब्रेक लगाएको थियो। 

तर, १५ वर्षको अन्तरालमा उपेन्द्र यादवको अवस्था फेरिएको छ। आज अवस्था यस्तो छ कि उनी एक्लै आफ्नो पार्टीको ब्यानरमा उम्मेदवारसम्म बन्ने हिम्मत गर्ने अवस्था छैन। मधेसको राजनीतिमा भर्खरै उदाएको जनमत पार्टी बलियो चुनौती बनेको छ।

यादव र उनको पार्टी पहिलो संविधान सभाको अवसानसँगै आरोलो यात्रामा थियो, तर विभिन्न पार्टी र शक्तिसँग एकीकरण र समीकरण बनाउँदै उपेन्द्र मधेस राजनीतिको मैदानमा टिकिरहे। तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीदेखि सदभावना पार्टी मधेसकेन्द्रित नै थिए, तर उनीहरुले यादवको दबदबा कम गर्न सकेनन्।

चार वर्षअघि मात्रै मूलधारको राजनीतिमा आएका डा राउतले भने उनलाइ छोटो समयमै चुनौती दिएका छन्। राउतले आफ्नो राजनीतिको केन्द्रमा यादवलाई राखेका छन् र उनले अनेक कोणबाट चुनौती दिने प्रयास जारी राखेका छन्। 

सुरुवाती चरणमा सरकारमा जाने अवसर पाउँदा राउत आफैं एक कदम पछि रहे। जसले उनलाई पदलोलुपको आरोप लाग्न सकेन। जबकी, उपेन्द्रको कमजोरी नै सकेसम्म आफैं सरकारमा सहभागी हुने देखिन्छ। पटक-पटक उनको सरकारमा सहभागितालाई लिएर आलोचनासमेत भएको छ। यसपल्ट जसपा सरकारमा सहभागी भएपछि राउत सरकारबाट निस्केका छन्। सरकार बाहिर बसेर शक्ति आर्जन गर्ने रणनीतिमा उनी देखिएका छन्। 

स्थानीय तहको निर्वाचनमा राउतको 'हौरन' त्यति बजेन। मंसिर- ४ मा जसपा अध्यक्ष यादवलाई नै तर्साउने गरी बज्यो भने यो क्रमले निरन्तरता पाउने संकेत उपनिर्वाचनले दिएको छ। यही क्रम जारी रहे आगामी निर्वाचनसम्म जसपा अध्यक्ष यादवको ढल्केको छातामुनि ओत लाग्नेहरुभन्दा 'हौरन' बजाउनेहरुको संख्या धेरै हुनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २१:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्