• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं महानगरमा सीपमूलक शिक्षा कार्यक्रम: अब शुक्रबार किताबबिनै विद्यालय

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, वैशाख १३, २०८०  १५:४२
1140x725
तस्बिर: बालेन्द्र शाहको फेसबूकबाट

काठमाडौं– शैक्षिक सत्र २०८० को सुरुवातीसँगै काठमाडौं महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ। माध्यमिक तहमा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको महानगरले जनाएको छ।

विद्यालय तह पूरा गर्दा कुनै न कुनै सीप हासिल गर्न, श्रमप्रति आदर र सम्मान गर्ने जनशक्ति तयार पार्न र विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याको समाधान गर्नका निम्ति छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। 

यसअघि हप्तामा ६ दिन नै विद्यार्थीहरु किताबकेन्द्रित सिकाइ प्रक्रियामा रहँदै आएका थिए। तर शैक्षिक सत्र २०८० देखि   काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार किताबरहित सिकाइ प्रकियामा सहभागी हुने भएका छन्। 

महानगरपालिकाले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सामुदायिक विद्यालयमा छोटो अवधिमा सीपमुलक तालिमअन्तर्गत हरेक शुक्रबार पुस्तकविहीन कार्यक्रमको उद्‌घाटन गरेको हो। 

पहिलोपटक नमूना शिक्षा सीप कार्यक्रम
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्नका लागि विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न शिक्षामा सीपमूलक कार्यक्रम थालनी गरिएको बताए।

वर्तमान समय अनुकलका दक्ष जनशक्ति उत्पादन गर्न, काठमाडौंमा महानगरपालिकाको ११औं नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनउपयोगी र व्यवसायिक बनाउँदै लैजाने योजना शैक्षिक सत्र २०८० बाट कार्यन्वयनमा ल्याएको अधिकारीले जानकारी दिए। 

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने,‘विद्यार्थीहरुले शिक्षासँगै व्यवहारिक सीप सिकाउनका लागि यो कार्यक्रम ल्याएको हो। महानगरपालिकाले ११औं वार्षिक नीति तथा कार्यक्रममार्फत् ल्याएको हो। यसअघि ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि  १२ सम्मका प्राविधिक तर्फमा पठन पाठन भइरहेको  थियो।’ 

९० घण्टे तालिमका लागि १० क्षेत्र निर्धारण
महानगरपालिका भित्र रहेका ५६ वटा  सामुदायिक विद्यालयमा ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमअन्तर्गत एक शैक्षिक सत्रमा ९० घण्टा शिक्षामा सीपमुलक कार्यक्रमका लागि खर्च हुने भएको छ। ९०  घण्टे तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ। 

Ncell 2
Ncell 2

उक्त तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला लगायतका १० क्षेत्र निर्धारण गरिएको अधिकारीले जानकारी दिए। यसका साथै फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वारिङ एण्ड इलेक्टिकल), विपत् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परा)कला, मोबाइल र विधुतीय सामान, पाइप जडान तथा मर्मत, कला र मुर्तिकला विधालाई पाठ्यक्रममा समेट्दै तालिम दिने महानगरपालिकाले जनाएको छ। 

कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले सीपमूलक शिक्षाबाट विद्यार्थीहरुले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सक्ने बताए। विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाणपत्र प्राप्त गर्ने कोइरालको भनाइ छ। 

यस कार्यक्रममा महानगरपालिका ५६ विद्यालयका कक्षा ९  देखि १२ सम्म अध्यनरत विद्यार्थीहरु सहभागी बन्नपाउने छन्। हरेक तालिमको एउटा समुहमा २० जना देखि ३० जना विद्यार्थीहरुलाई राखिने महानगरपालिकाले जनाएको छ। तर शैक्षिक सत्र २०८० मा कक्षा ९ मा नमूना कार्यक्रम चलाउने र त्यसका लागि विद्यालयमा अनुदान रकम उपलब्ध गराइने भएको छ।

के भन्छन् विद्यार्थी, शिक्षक र अभिभावक?
ज्ञानोदय मावि बाफलमा कक्षा ९ मा अध्ययनरत छात्रा रिजभी शर्माले शिक्षामा सीप कार्यक्रमले दैनिक जीवनमा आइपर्ने स–साना समस्याहरुबारे अर्काको भर पर्ने कुराको अन्त्य हुने दाबी गरिन्। उनले भनिन्, ‘हप्ताको १ दिन बुक फ्री डे हुँदा हामी उत्साहित छौं। अत्यावश्यक काम जान्यौं भने सामान्य काम गर्न अरुको भर पर्नु पर्दैन।’ 

त्यसैगरि अभिभावक एवम् जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले आफ्नो विद्यालयका एक वर्ष अघिदेखि नै शिक्षामा सीप कार्यक्रम लागू गरेको दाबी गरे। 

उनले भने, ‘जनकल्याण माध्यमिक विद्यालयको आन्तरिक स्रोतबाट १ वर्ष पहिलादेखि नै सीपमूलक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं। विद्यार्थीहरु, अभिभावकहरु उत्साहित हुनुहुन्छ। विद्यालय शिक्षाका अतिरिक्त सिलाइ–बुनाइ, नृत्य र संगीत लगायतका विधामा हामीले विद्यार्थीहरुलाई सीप सिकाइरहेका छौं।’ उनले गरिखाने सीपमूलक शिक्षाले गुणस्तरीय शिक्षामा फड्को मार्ने विश्वास व्यक्त गरे।

त्यसैगरि विश्व निकेतन माविका प्रधानाध्यापक हिरम्बराज कंडेलले काठमाडौं महानगरपालिकाले ल्याएको शिक्षा सीप कार्यक्रम ७५३ वटै नगरपालिकाका लागि नमूना कार्यक्रम भएको दाबी गरे। उनले शुक्रबारका दिन बुक फ्री, ब्याग फ्री हुँदा  पाठ्यक्रमका लक्ष्य र उद्देश्य पूरा हुने उद्घोष गरे। उनले भने, ‘काठमाडौं महानगरको यो नमूना  शिक्षा योजना हो। यसलाई सकारात्मक हिसाबले लिनु पर्दछ। यसलाई इमान्दरिताका साथ कार्यन्वयन गर्नका लागि सम्पूर्ण शिक्षक र अभिभावकको उत्तिकै जिम्मेवारीका साथ लाग्नु पर्दछ।’
 
विदेशी शिक्षाका कारण सीपमूलक शिक्षा हरायो: मेयर बालेन
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले ५६ वटा सामुदायिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुलाई लक्षित गर्दै नमूना योजना अघि सारेको बताइन्। उनले आफूभन्दा अघिल्लो पुस्ताले व्यवहारिक शिक्षामा अघि रहेको र आफ्नो पुस्ता ग्याप भएको गुनासो गरिन्। उनले अहिलेको पुस्ताले सीपमूलक शिक्षाबाट फाइदा लिन सक्ने दाबी गरिन्। 

त्यसैगरि काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहले विदेशी शिक्षाको आगमनका कारण बीचमा सीपमूलक शिक्षा हराएको बताए। उनले भने, ‘गुरुकुल शिक्षामा समेत व्यवहारिक सीप सिकाइन्थ्यो। बीचमा विदेशी शिक्षाका कारण यो शिक्षा हरायो। महानगरपालिकाले ल्याएको नमूना कार्यक्रम त्यसैको निरन्तरता हो। सीप सिकाउने भनेको जीवन बुझ्नलाई सिकाउन खोजिएको हो।’ उनले विद्यार्थीहरुलाई सीप सिकाउँदा कुलतमा नफस्ने समेत दाबी गरे। 

आफू मेयर नभएको भए इन्जिनियर, इन्जिनियर नभएको भए, संगीतकार र संगीतकार नभएको भए ट्रक ड्राइभर हुने बालेनले टिप्पणी गरे।  उनले आफूमा ट्रक चलाउने सीप भएको समेत दाबी गरे।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्