काठमाडौं– बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जसपा अध्यक्ष उपेन्द्र यादवसँग मतान्तर घटाइरहेका छन्।
सुरुवाती गणनामा अग्रता लिएका कुशवाहा पछि परेका थिए। दिउँसोसम्म पाँच हजारको मतान्तरमा रहेका उनले ५५ हजार मत गणना गर्दा मतान्तर २६ सय बनाएका छन्।
हालसम्म ५५ हजार ५ सय १३ मत गणना भएको छ। जसमा जसपाका उपेन्द्र यादवले २२ हजार ५ सय ५२ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कुशवाहाले १९९२३ मत पाएका छन्।
त्यस्तै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ५ सय १ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २६ सय ८१ मत पाएका छन्।
अब पचरौतामा मत गणना हुन बाँकी छ। जहाँ १३ हजार ५ सय ९९ मत खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।