काठमाडौं– मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले निर्माण गरिरहेको तराई–मधेश फास्टट्रयाकमा देखिएको जग्गा विवाद छिट्टै टुङ्ग्याउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाटको निर्णयका विषयमा थप छलफलका लागि अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को उक्त समितिले गर्ने निर्णयपछि यो विषयमा थप निर्णय हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय पनि गरेको उनले बताए।
केही दिनअघि सरकारले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका र त्यो समितिले काम अघि बढाएकाले छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाएर टुंग्याउने निर्णय भएको उनले जानकारी दिए।
यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।