काठमाडौं- नेपाल प्रहरीका बहालवाला एक एसएसपीले सामाजिक सञ्जाल फेसबुकमा पुराना दलहरुप्रति आक्रोश पोखेका छन्। उपनिर्वाचनमा तनहुँ- १ बाट रास्वपाका उम्मेदवार डाक्टर स्वर्णिम वाग्ले विजयी भएपछि एसएसपीको जिम्मेवारीमा रहेका चक्रबहादुर सिंहले नामै नलिई पुराना दलका नेताहरुप्रति आक्रोश पोखेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘देश लुटेराहरुलाई ठूलो धक्का। बधाइ छ डाक्टरसाप।’ प्रहरी जस्तो अनुशासनमा बस्नुपर्ने कर्मचारीले सामाजिक सञ्जालमा खुल्लमखुला देश लुटेराहरु भनेर लेखेपछि प्रहरी वृत्तमा अहिले सिंहको चर्चा भइरहेको छ।
एसएसपी सिंह भर्खरैमात्र डीआईजी बढुवामा छुटेका थिए। बढुवामा छुटेका कारण एसएसपीको उमेर हदका कारण उनी केही दिनमै अनिवार्य अवकाशमा जाँदैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।