काठमाडौं- भौतिक, योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले कोटेश्वरको जाम हटाउन फ्लाइओभर बनाउनेबारे छलफल भइरहेको बताएका छन्। संसद्मा विशेष समय लिँदै उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘कोटेश्वरमा फ्लाइओभर बनाउने कि भनेर छलफल भइरहेको छ। यही आर्थिक वर्षमा बजेट छुट्याउने योजनामा कुरा भइरहेको छ।’
उनले यही वर्ष हुम्लाको सिमीकोटमा गाडी पुर्याउनेगरी काम भइरहेको पनि जानकारी दिएका छन्। उनले आगामी वर्खा सुरु हुनुअघि नै त्यहाँ गाडी पुग्ने बताए।
काठमाडौं उपत्यकाका विभिन्न सडकहरुलाई सुधार्ने विषयमा पनि मन्त्रालयले ध्यान दिइरहेको उनको भनाइ छ। कतिपय ठाउँमा भनेको समयअनुसार काम नगरिएको भन्दै ठेकेदारलाई मन्त्रालय काम सम्पन्न गर्न निर्देशन दिइएको बताए।
उनीहरुले काममा ढिलाइ गरे ठेक्का तोड्ने विषयमासमेत छलफल भइरहेको मन्त्री ज्वालाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।