काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी संगठित आक्रमण गरिएको गुनासो गरेका हुन्।
अगामी आर्थिक वर्षको बजेट निर्माणको छलफलका लागि सोमबार र मंगलबार बोलाइएको संसदलीय बैठकमा सोमबार सभापति देउवाले पार्टीमा धेरै सुधार गर्नुपर्ने बताए।
देउवाले समाजिक सन्जालमार्फत पुराना दल विरुद्ध नयाँ दलहरु जथाभावी र आक्रामक रुपमा उत्रनु ठिक नभएको बताए। उपनिर्वाचनमा पुरानो दललाई मत दिनु हुँदैन भाष्य समाजिक सञ्जालले निर्माण गरेको देउवाको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।