काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन- २ बाट नवनिर्वाचित सांसद रवि लामिछानेले आफू सबैको नेता हुन चाहेको बताएका छन्।
निर्वाचित भएपछिको चुनावी सभाालई सम्बोधन गर्दै लामिछानेले आफूसँग चुनावी प्रतिस्पर्धा गर्ने अन्य दलका मतदातासहित सबैको नेता हुन चाहेको बताएका हुन्।
‘सम्पूर्ण प्रतिपक्षी दलका नेताहरुलाई मतदान गर्ने मतदाताहरुलाई समेत निर्धक्क हुन आग्रह गर्छु। म तपाइँहरु सबैको नेता हुन चाहन्छु,’ उनले भने, ‘आफूलाई मत हाल्नेहरुको मात्र हैन, चितवनबासी सबैको प्यारो नेता हुन मन छ। त्यसैले आफूलाई कहाँबाट बढी कहाँबाट कम आयो भनेर हिसाब गर्दिनँ। म बेहिसाब चितवनको विकास गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।