काठमाडौं- रास्वपाकी सांसद निशा डाँगीले एमालेका सांसद लक्ष्मी महतो कोइरीले सदनलाई जानकारी गराएर अनुपस्थित भएका हुन् कि नगराई? भन्दै सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी छन्।
सांसद कोइरी १० वटाभन्दा धेरै बैठकमा सदनमा उपस्थित नभएकोले उनीमाथि किन कारबाही नभएको भनेर डाँगीले सभामुखलाई प्रश्न गरेकी हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले उक्त जिज्ञासा राखेकी हुन्।
‘नेपालको संविधान २०७२ को धारा ८९ घ मा कुनै पनि सांसद सदनमा जानकारी नदिई १० वटाभन्दा बढी बैठकमा अनुउपस्थित रहेमा निजको सांसद पद रिक्त हुने व्यवस्था रहेको छ। यस सदनका सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुउपस्थित भएका हुन् वा जानकारी नगराई? यदि जानकारी गराएको भए के जानकारी गराएका छन्? सदनलाई जानकारी चाहियो,’ सांसद डाँगीले भनिन्, ‘यदि जानकारी नगराई हो भने अहिलेसम्म कोइरीलाई किन कारबाही गरिएन? यस प्रश्नको उत्तर सभामुखलाईबाटै सुन्न चाहन्छु।’
एमाले सांसद कोइरी तत्कालीन मधेस आन्दोलनको क्रममा एक जघन्य हत्यका आरोपित हुन्। उनी प्रहरीको फरार सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।