काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आम निर्वाचनमा अनपेक्षित नतिजा हासिल गरेको थियो। प्रतिनिधि सभामा उसका १४ सांसदले प्रतिनिधित्व गरिरहेका छन्।
आम निर्वाचनमा उदाएको राप्रपाले उपनिर्वाचनमा भने निराशाजनक मत पाएको छ। आम निर्वाचनमा ती क्षेत्रमा ल्याएको मतभन्दा निकै कम मत उपनिर्वाचनमा उक्त पार्टीका उम्मेदवारहरुले पाएका छन्।
तनहुँ- १ को आम निर्वाचनमा राप्रपाले ३ हजार ५ सय ७७ मत पाएको थियो। तर उपनिर्वाचनमा उक्त पार्टीकी उम्मेदवार शोभा गुरुङले जम्मा २ सय १८ मत पाइन्।
यसैगरी चितवन- २ मा पनि आम निर्वाचनमा राप्रपाले ३ हजार २ सय १८ मत पाएको थियो। उपनिर्वाचनमा उक्त पार्टीका जीवलाल पुरीले जम्मा ३२० मत पाएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेमाथि प्रश्न उठाएर उदाएको राप्रपा निर्वाचनपछि ती दलहरुको नेतृत्वमा सरकारमा सहभागी भयो, जसको असर उपनिर्वाचनमै देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।